‘मधुमास’ र ‘वार’को युद्द, जित्ने कुन ?



Jun-Jhai_madhumasठुलोपर्दा डटकम, काठमाण्डौ। यो हप्ता दुई नेपाली चलचित्र रिलिज भएका छन्। प्रेम कथाको ‘मधुमास’ र सामाजिक कथाको ‘वार’ले हप्ताभरि प्रतिष्पर्धा गर्दैछन्। यि दुवै चलचित्र देशव्यापी रिलिज भएका छन्।

चर्चित युवा निर्देशक सुदर्शन थापाले निर्देशन गरेको मधुमास निकै महत्वाकांक्षी छ। थापाले यस चलचित्रबाट आफुले निकै आशा गरेको बताउँछन्। आर्यन सिग्देल, पुजा शर्मा, शिवांगिनी राणा, मनोज आरसी लगाएतका कलाकारहरु यस चलचित्रमा छन्।

यसअघि बिभिन्न चलचित्रमा सहनायिका रहेकी पुजा शर्मा यसै चलचित्रबाट नायिकाको रुपमा डेब्यू गरेकी छिन्। यसअघि ‘धन्दा’ बनाएका निर्देशक सुदर्शन थापा र गीतकार बाबुराम दाहालले फ्रा‌ईडे फिल्म्सको ब्यानरमा ‘मधुमास’ बनाएका हुन्।

त्यस्तै, ‘वार’ पूर्णत: नेपाली जडिबुटी तथा आयुर्वेदिक कथामा केन्द्रित रही निर्माण गरिएको चलचित्र हो । यो चलचित्रमा नेपाली आयुर्वेदिक जडिबुटीको बारेमा बिदेशी मुलुकसँग चलिरहेको नेपालको द्वन्द्वलाई काल्पनिक रूपमा प्रस्तुत गरिएको छ । मुकुन्द भट्टको निर्देशन रहेको यो चलचित्रमा नायक बिराज भट्टका भाई कृष्ण भट्ट र निता ढुङ्गानाको मुख्य भुमिका छ । चलचित्र ‘वार’ले नेपालको सम्पत्ती नेपालमा नै उपयोग हुनुपर्छ भन्ने सन्देश दिन खोजेको सो चलचित्रको निर्माण युनिट ले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu