सविनलाई केकीको गोठालो लाग्दै ठिक भो ! (भिडियो)



keki-adhikari-bhag-sani-bhag
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘भाग् सानी भाग्’ को अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कमेडी, एक्शन, रोमान्सलाई प्राथमिकताका साथ उठाइएको छ ।

ट्रेलरमा केकी अधिकारीको हाउभाउ र बोलीले अझ दर्शकहरुलाई मोहित बनाएको छ भने सविनको एक्शनले अझै सुन्दरता थपेको छ । नवल नेपालको लेखन र निर्देशनमा निर्माण भएको यस चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ ।

रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रमा उतारिएको बताईएको छ । चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँईको प्रस्तुतीमा बन्न लागेको यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ । चलचित्रलाई संगीतकार चेतन सापकोटाले निर्माण गरेका हुन् ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu