प्रियंकाले बनाइन मोबाइल भिडियो सिरिज



priyanja-chopra
बलिउड अभिनेत्री प्रियंका चोपडाले पहिलो मोबाइल भिडियो सिरिज निर्माण गरेकी छिन् । चौध इपिसोड लामो हुने प्रियंकाको सो सिरिज मोबाइल एप्सको माध्यमबाट हप्तामा दुई भाग प्रसारण गरिने जनाइएको छ ।

सिरिजमा मुम्बईमा संघर्ष गर्न आएका चार युवतीको कथा प्रस्तुत गरिएको छ । ‘इट्स माई सिटी’ नाम दिइएको सिरिज भाडामा बस्ने युवती, घरबेटी र उनीहरूको अभिभावकको वरपर केन्द्रित गरिएको छ । सिरिजमा प्रियंकाले अभिनय गर्नुका साथै शीर्ष गीत पनि गाएकी छिन् ।

प्रियंका आमदर्शकले आफ्नो सिरिजलाई कसरी लेलान् भनेर निकै उत्साहित छिन् । सिरिजमा मानिका, सोनाली, टिना र निक नामका पात्र छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu