इनास अवार्डको दोश्रो सँस्करण घोषणा, २०१४ मा आम्सटर्डममा हुँदै



INASठुलोपर्दा डटकम, काठमाण्डौ। इनास अवार्डको दोश्रो सँस्करण घोषणा गरिएको छ। सो बारे जानकारी दिन शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा २०१४ मार्च २९ मा नेदरल्यान्डको आम्सटर्डममा अवार्ड हुने जानकारी गराईएको छ।

सर्वोत्कृष्ट फिल्म र सर्वोत्कृष्ट निर्देशक गरि दुई विधामा अवार्ड दिइने बताईएको छ। यसअघि पहिलो सँस्करणमा जर्मनीमा भएको अवार्डमा सुनिल रावलले बनाएको चलचित्र  ‘सायद’ र सोहि चलचित्रका निर्देशक सुरज सुब्बा ‘नाल्बो’ उत्कृ्ष्ट भएका थिए। कार्यक्रममा आयोजक संस्था अन्तर्राष्ट्रिय कलाकार समाजका अध्यक्ष पुष्प वरुवालले इनास अवार्डलाई उत्कृष्ट बनाउन प्रयास जारी रहेको र सबैको साथको अपेक्षा गरेको बताउनुभयो।

सो अवार्डमा निर्णायक टोली नेपालबाट नै गठन हुने बताईएको छ। शुक्रवारको कार्यक्रममा अवार्डको पहिलो सँस्करणमा पुर्याएको सहयोगको कदर गर्दै चलचित्र प्राविधिक संघलाई ताम्रपत्र प्रदान गरिएको थियो। कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईको प्रमुख आतिथ्यता थियो भने अनेकसका बरिष्ठ सल्लाहकार पुष्प थापा, निता श्रेष्ठ, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी लगाएतका व्यक्तित्वहरुको उपस्थिती थियो।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu