रेखा फेरी एक्शनमा, ‘दमदार’ धमाधम छायांकनमा



damdar shootingठुलोपर्दा डटकम, काठमाण्डौ। काली बनेर मनग्गे चर्चा कमाएकी नायिका रेखा थापा फेरी एक्शन चलचित्रमा काम गरिरहेकी छिन्। नवनिर्माता चन्द्र गौतमले बनाईरहेको चलचित्रमा थापा उस्तै एक्शनमा छायांकनमा छिन्। शुक्रवार बालुवाखानीबाट सुरु भएको छायांकन शनिवार भने गोदावरीमा गरिएको थियो। सुरुमै द्वन्द्वका दृश्य छायांकन भइरहेको छ।

कमलकृष्णले निर्देशन गरिरहेको सो चलचित्रमा रेखा सहित सविन श्रेष्ठ र प्राण भन्दा प्यारोबाट डेब्यू गरेका नायक बाशु पुडासैनी मूख्य भुमिकामा छन्। काठमाण्डौ सहित झापा र सिलुगुडीमा छायाँकन हुने ‘दमदार’ पूर्ण एक्शन चलचित्र हो। चन्द्र पन्तको द्वन्द्व निर्देशन, सौरभ लामाको छायांकन, निर्देशक स्वयंको संगीत तथा पटकथा एवं संवाद नवराज शर्माको रहेको छ।

नेपाली चलचित्र उद्योगमा रेखा थापाको धेरै महत्व र उनिसँग अभिनय र एक्शन क्षमता पनि निकै राम्रो भएकोले थापालाई आफ्नो चलचित्रमा लिएको निर्माता गौतमले बताए। ‘म नयाँ निर्माता हुँ त्यसैले पनि म सचेत हुनुपर्छ। म फँस्न चाहन्न। क्षमतावान निर्देशक तथा कलाकारहरु लिएर काम गर्दा चलचित्र राम्रो बन्छ त्यसैले मैले यो सबै मिलाएर चलचित्रमा लगानी गरेको हुँ’ दमदार बाट आशावादी बनेका निर्माता गौतमले ठुलोपर्दा डटकमलाई बताए।

दमदारमा आफ्नो भुमिका पनि दमदार नै भएको नायिका थापा बताउँछिन्। ‘दमदार भुमिकामा म यो चलचित्रमा देखिने छु। जहाँ-जहाँ मेरो आवश्यकता पर्छ त्यहा-त्यहाँ म आउनेछू’ दमदारलाई आफ्नै घरभित्रको चलचित्र ठान्ने बताउँदै रेखाले भनिन्, ‘मेरो अत्यन्तै राम्रो र खतरनाक एक्शन छ। अहिले सम्मको कामबाट निकै हर्षित छु। कानुनले बर्खास्त गरेर बर्दीबिहिन भएकी राष्ट्रसेवकको रुपमा  म आउनेछु, बाँकी चलचित्र रिलिज भएपछि थाहा हुनेनैछ’।

दुई नायकको साथमा निर्माता चन्द्र गौतम
दुई नायकको साथमा निर्माता चन्द्र गौतम

निर्देशक कमलकृष्णका अनुसार यो चलचित्र मनोरञ्नात्मक रहेको छ। मुल उद्देश्य मनोरञ्जन रहेकोले जुनसुकै बिषयमा बनेपनि ‘दमदार’ले पूर्ण मनोरञ्जन दिने निर्देशक कमलकृष्णले बताए। नायकद्वय श्रेष्ठ र पुडासैनी प्रहरीको भुमिकामा छन्। पहिलेदेखि नै साथी रहेका यी नायकले काम भने पहिलोपटक सँगै गरिरहेका छन्। नायकद्वयले ठुलोपर्दा डटकमसँग कुरा गर्दै यस्तो खालको भुमिकामा पहिलोपटक काम गरेकोले फरक दिने प्रयास गर्ने बताए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu