१७ वर्षपछि अरबाज र मलाइका छुटिँदै, यस्तो छ कारण !



malaika-and-armabz

विवाहको १७ वर्षपछि अभिनेता तथा निर्माता अरबाज खान र अभिनेत्री मलाइका अरोराविच सम्बन्धविच्छेद हुने भएको छ ।

तीन बर्षदेखी खराब सम्बन्ध चल्दै आएपछि उनीहरुले अन्तत: सम्बन्धविच्छेद गर्ने निर्णयमा पुगेका हुन् । सम्बन्ध बिग्रिएको ५ महिनापछि प्यारेन्टिङ काउन्सिलको परामर्शमा दुवैले हाँसीखुसी बस्ने सहमति जनाएका थिए । उनीहरुको सम्बन्ध बिग्रन नदिन अरबाजका दाई सलमान खानले पनि भूमिका खेलेका थिए ।

केही भारतीय मिडियाले उल्लेख गरे अनुसार मलाईका केही समय खान परिवारको बान्द्रास्थित घर छाडेर माइतीमा बसेकी थिइन् । उनको साथमा १४ वर्षको छोरा अरहान पनि छ । मलाईका एक बेलायती ब्यापारीसँगको रिलेशनमा रहेको केही मिडियाले बताएका छन् । सन २०१४ मा उनको नाम अर्जुन कपुरसँग जोडिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu