सुरु भयो ‘संरक्षण’को छायांकन



Ashishma-nakarmi-samrachhan

ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माण घोषणा गरेको बेलादेखी निकै चर्चामा रहेको चलचित्र ‘संरक्षण’को आइतबारबाट छायांकन आरम्भ भएको छ ।

प्रदिप कुमार उदयको लगानी रहेको चलचित्रमा निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी, अशिष्मा नकर्मी, कमलेश चौरशिया, रमेश रंन्जन झा, रमेश बुढाथोकी, निर शाह लगायतका कलाकारहरुको अभिनय रहेने छ । पुरुषोतम प्रधानको छायांकन रहेने चलचित्रमा द्वन्द्व हिमाल केसी र कोरियोग्र्राफी कविराज गहतराजको रहेको छ ।

चलचित्रलाई पुर्णेन्दु कुमार झाले निर्देशन गरेका छन् । द्वारिका उदय प्रोडक्शन, श्रीवास्तव फिल्मस्, हेटौडा मुभि मेकर टीम, एचएमएमटी र पुर्णेन्दु प्रोडक्शनको संयुक्त प्रस्तुतीमा यो चलचित्र बन्न लागेको हो । चलचित्रमा प्रदिप कुमार उदय, नरेन्द्र महर्जन, नन्दु श्रीवास्तव र श्वेता शाहको लगानी रहेको छ ।

शक्ति, प्रेस, प्रहरी, राजनीतिक र जनताको कथामा यो चलचित्र बन्न लागेको हो । ३५ दिन लामो यो चलचित्रको छायांकन काठमाडौं, विरगंज र हेटौडा लगायतका स्थानमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu