१८ किलो वजन घटाएपछि यस्ता भए रणदीप



randee

बलिउड अभिनेता रणदीप हुड्डा अहिले निर्देशक उमंग कुमारको नयाँ चलचित्रको छायांकनमा व्यस्त छन् । यो चलचित्रको छायांकन अहिले भारतको पञ्जावमा भैरहेको छ ।

यो चलचित्रमा नायिका ऐश्वर्या राय र ऋचा चड्डा मुख्य भूमिकामा छन् । पाकिस्तानी कैदी सर्वजित सिंहको जीवनमा तयार भैरहेको चलचित्रमा रणदीप हुड्डा मुख्य भूमिकामा छन् । ऐश्वर्या र ऋचाले चलचित्रमा मुख्य पात्रको श्रीमतीको भूमिका निर्वाहा गरिरहेका छन् ।

उमंग कुमार निर्देशित चलचित्र ‘सरबजित’ का लागि उनले १८ किलो वजन घटाएका छन् । बताइएअनुसार उनले यति वजन १८ दिनमै घटाएका हुन् । यसअघि केही चलचित्रमा सिक्स प्याक देखाएका यी अभिनेता यो चलचित्रमा गिङ्ग्रिङ्ङ हड्डी भएको चरित्रमा देखिँदैछन् ।

हालै सार्वजनिक भएको यो तस्बिरबाटै उनले चलचित्रलाई बहुप्रतिक्षित बनाइदिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu