महजोडीलाई साम्दे शेर्पा स्मृति पुरस्कार, गजुरेललाई प्रतिभा पुरस्कार



maha-jodi

महजोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई साम्दे शेर्पा स्मृति पुरस्कारबाट सम्मान गरिएको छ । मह जोडीलाई नगद ३१ हजार रुपैयाँ एवं ट्रफी प्रदान गरिएको छ । त्यस्तै कार्यक्रममा मनोज गजुरेललाई साम्दे शेर्पा प्रतिभा पुरस्कार र पासाङ टी शेर्पालाई स्मृति पुरस्कार प्रदान गरिएको छ ।

उनीहरुलाई पनि १० हजार १११ सहित ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा हास्य कलाकार वसुन्धरा भुषाल, लोकनाथ ढकाल, नेपाल शेर्पा संघका अध्यक्ष एडी लामा, पूर्व सभासद वाङछे शेर्पा, नेपाल शेर्पा महिला संघका अध्यक्ष निमी शेर्पा लगायतका व्यक्तिहरु उपस्थिति भएका थिए ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रद्वारा आयोजित कार्यक्रममा बोल्दै पुरस्कार छनौट समितिका सदस्य समेत रहेका निर्देशक यादव खरेलले उक्त पुरस्कार राष्ट्रियस्तरका कलाकारलाई मात्र प्रदान गर्नु भन्दा सिमान्कृत समुदायका शेर्पा समुदायका समाजसेवीहरुलाई प्रदान गर्नु राम्रो रहेको बताउँदै सम्मानले सधै मानिसलाई एक सचेत नागरिक बनाउने पनि उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu