‘वीरविक्रम’को मोफसल राइट ३० लाख



anoop-thamel
ठुलोपर्दा डटकम, काठमाण्डौ।

छायांकन सकेर हाल पोस्ट प्रोडक्सनमा रहेको चलचित्र ‘वीरविक्रम’को मोफसल राइट ३० लाख रुपैयाँमा बिक्री भएको छ । निर्माण कम्पनी चाम्स इन्टरटेनमेन्ट र श्रीकृष्ण फिल्मस् प्रालिबीच यस्तो सम्झौता भएको हो ।

निर्माण कम्पनीका तर्फबाट निर्देशक एवं निर्माता मिलन चाम्स र वितरकको तर्फबाट केदार पराजुलीले (एमजी) पत्रमा हस्ताक्षर गरेका छन् । ‘हँसिया’ चलचित्र निर्देशन गरेर निर्देशकको रुपमा आफुलाई स्थापित गराएका निर्देशक मिलन चाम्सले यो चलचित्रलाई निर्देशन गरेका छन् ।

‘वीर विक्रम’मा दयाहाङ राई, अर्पण थापा, अनुपविक्रम शाही, दिया पुन लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रको आलेख याम थापाले लेखेका हुन् भने यसमा मिलनसँगै अनिला राई, पृथ्वीराज राई र शिवकुमार राईको लगानी रहेको छ ।

यम थापाको पटकथा, ताराप्रकाश लिम्बूको संगीत, रिनशा राईको नृत्य निर्देशन, सम्राट बस्नेतको द्वन्द्व रहेको छ । चाम्स इन्टरटेनमेन्टको ब्यानरमा बनेको यो चलचित्रको सन् २०१६ को अप्रिल ९ मा लण्डनमा विशेष प्रिमियर समेत हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu