मन्जिता नभए सासै चल्दैन दिकपालको (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन १४ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘च्याम्पिएन’को नयाँ गीत सार्वजनिक भएको छ । ‘तिमी बस्यौं नयनमा बोलको सार्वजनिक गीतमा टंक बुढाथोकी र मनिषा पोखरेलको आवाज रहेको छ भने टंककै संगीत रहेको छ ।

गीतमा कोरियोग्राफी कविराज गहतराजले गरेका छन् । गीतमा चलचित्रका नायक दिकपाल कार्की र मन्जिता केसी फिचरिङ छन् । वीवी फुयाँलको निर्देशनमा रीता पोख्रेलले निर्माण गरेको यो चलचित्रको प्रस्तुतकर्ता कृण्ण पोखरेल हुन् ।

चलचित्रमा दीकपाल कार्की, मन्जिता केसी, जेएन घिमिरे, जगत टमाटा, शारदा आचार्य, साहिल खान लगायतका कलाकारको मुख्य भूमिका छ । आरडी मिडिया हाउसको ब्यानरमा तयार भएको यो चलचित्रमा दिकपाल कार्की क्रिकेटरको भूमिकामा देखिएका छन् भने मञ्जिता केसी उनको प्रेमिकाको रुपमा चलचित्रमा देखिनेछिन् ।

चलचित्रमा १९ बर्षमुनिका राष्ट्रिय क्रिकेट टिमका खेलाडीले पनि अभिनय गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu