सेन्सर लफडाका कारण सर्वोच्च पुग्यो ‘च्याम्पियन’



champion-mudda
ठुलोपर्दा डटकम, काठमाण्डौ।
फागुन १४ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘च्याम्पियन’ सेन्सर लफडामा अल्झेको छ । चलचित्रको नाम दर्ता गराउदा चलचित्र विकास बोर्डमा चलचित्र यूनिटले उद्धव नेपाल नामका कलाकारलाई मुख्य भुमिकामा देखाउने भनेर दर्ता गरेको थियो तर पछि उद्धवको ठाउँमा कलाकार दिक्पाल कार्की राखिएपछि चलचित्र च्याम्पियन सेन्सर लफडामा परेको हो ।

सोमवार चलचित्र सेन्सरको लागी दर्ता प्रक्रिया अघि बढाउन निर्माण टिम विकास वोर्ड जाँदा उद्धवले चलचित्र युनिटलाई बिपक्षी बनाई उजुरी हालेको भेटिएको निर्देशक बिबी फुयाँलले बताएका छन् । उद्धवले आफ्नो मानहानी भएको भन्दै ६० हजार क्षतिपुर्ती सहितको उजुरी वोर्डमा दर्ता गरेको निर्देशक फुयाँल बताए । यो विषयमा विकास वोर्डले दुई पक्ष बीचको झगडा मिलाएर आएपछि मात्र सेन्सरका लागि बाटो खोल्ने भनेपछि यति बेला चलचित्र यूनिट तनावमा देखिएको छ ।

प्रदर्शन मिति नजिकदैं गर्दा यस्तो समस्या आएपछि अब चलचित्रको प्रदर्शन मिति पर सर्ने छाँटकाट देखिएको छ । तर यस विषयमा निर्माणपक्षले कुनै जानकारी दिएको छैन । यो झगडा विकास वोर्डमा नमिलेपछि चलचित्र टिम सर्वोच्च अदालत पुगेको छ । चलचित्र टिमले विकास वोर्डलाई नै बिपक्षी बनाएर सर्वोच्चमा मंगलबार मुद्धा दर्ता गर्न आफुहरुले तयारी गरेको चलचित्रका निर्देशक बिबी फुयाँलले जानकारी दिए ।

वीवी फुयाँलको निर्देशनमा रीता पोख्रेलले निर्माण गरेको यो चलचित्रको प्रस्तुतकर्ता कृण्ण पोखरेल हुन् । चलचित्रमा दीकपाल कार्की, मन्जिता केसी, जेएन घिमिरे, जगत टमाटा, शारदा आचार्य, साहिल खान लगायतका कलाकारको मुख्य भूमिका छ । आरडी मिडिया हाउसको ब्यानरमा तयार भएको यो चलचित्रमा दिकपाल कार्की क्रिकेटरको भूमिकामा देखिएका छन् भने मञ्जिता केसी उनको प्रेमिकाको रुपमा चलचित्रमा देखिनेछिन् । चलचित्रमा १९ बर्षमुनिका राष्ट्रिय क्रिकेट टिमका खेलाडीले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu