‘लप्पन ६प्पन’ नपाएपछि अब ‘६क्का पन्जा’ बन्ने



deepa-shree
ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘लप्पन ६प्पन’ चलचित्र विकास बोर्डमा अर्कैको नाममा दर्ता भैसकेपछि तनाबमा रहेकी चलचित्रकी निर्मात्री एवं निर्देशक दीपाश्री निरौला र चलचित्रका नायक एवं निर्माता दीपकराज गिरीले पुन अर्को नाम सोचेका छन् । त्यो नाम हो ‘६क्का पन्जा’ । खबरका अनुसार अब यहि नामबाट चलचित्र बन्ने छ ।

केहि दिन अगाडी दीपाश्री र दिपकराजले ‘लप्पन ६प्पन’ नाम गरेको चलचित्र बनाउने उद्घोष गरेका थिए र यो नाम अरुले नै विकास बोर्डमा दर्ता गराइसकेपछि चलचित्रको नाम ‘६क्का पन्जा’ राखिएको हो । हुनत, अर्थका हिसाबले ‘लप्पन ६प्पन’ र ‘६क्का पन्जा’ले उस्तै बुझाउछ । चलचित्र ‘६क्का पन्जा’मा दिपकराज गिरी, केदार घिमिरे ‘माग्ने बुढा’, जितु नेपाल ‘मुन्द्रे’, शिवहरी पौडेल ‘मुखमा हान्नु जस्तो’, बुद्धि तामाङ्ग ‘हैट’, बसुन्धरा भुषाल लगायतको अभिनय रहनेछ ।

दिपकका अनुसार यस पटक चलचित्रमा सिताराम कट्टेल ‘धुर्मुस’ हुने छैनन् । चलचित्रको नायिका भने अहिलेसम्म पक्का भएको छैन । दिपाश्री निरौलाले निर्देशन गर्ने यो चलचित्रलाईमा सम्राट शर्माको सहायक निर्देशन रहनेछ । चलचित्रमा राजनराज शिवाकोटी र दिपक शर्माको संगीत हुनेछ भने चलचित्रलाई पुरुषोत्तम प्रधानले खिच्ने दिपकले बताएका छन् । चलचित्रमा निर्मल शर्मा ‘गैँडा’सहित चलचित्रमा अभिनय गर्ने सबै हाँस्य कलाकारहरुको लगानी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu