नरेश भट्टराईले ल्याए ‘उचाइ’



naresh-bhattrai-uchai
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित संचारकर्मी एवं गीतकार नरेश भट्टराईको नयाँ गीति एल्वम ‘उचाइ’ सार्वजानिक भएको छ । राजधानीमा एक कार्यक्रमका बिच झण्डै चार दर्जन संचारकर्मीमाझ उनले आफ्नो एल्बम सार्वजनिक गरेका हुन् ।

पहिले नै रेकर्ड भएर स्रोतामाझ चर्चा बटुलेका आधुनिक तथा चलचित्रका गीतहरु उचाइमा समाबेश गरिएको गीतकार नरेशले बताए । माया, प्रेम र जीवन भोगाईका विषयमा गीत रचना गर्दै आएका भट्टराईले आफ्नो नयाँ एल्वम उचाइमा तेह्रवटा आधुनिक र तेह्रवटा चलचित्रका गीतलाई समेटेका छन् ।

युवा पुस्ताका चर्चित तेह्र गायकका स्वर यो एल्बममा सुन्न पाइन्छ । नरेशले आफ्नो जन्म दिन पारेर यो एल्वम सार्वजनिक गरेका हुन् । भट्टराईले आधुनिक गीत तर्फ कलेक्टेड भनेका छन् भने चलचित्र तर्फ सेलेक्टेड भनेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu