चार तन्नेरीसँग एक्लै नम्रता



namrata-sthठुलोपर्दा डटकम, काठमाण्डौ। अहिले सम्म पाका हिरोहरुको जोडी बनेकी नायिका नम्रता श्रेष्ठ अब भने तन्नेरी तिर लागेकी छिन्। ‘सायद’ र ‘होस्टेल’ जस्ता सफल चलचित्र निर्माण गरेको दुर्गिस फिल्मस्ले बनाउन लागेको अनटाईटल तेस्रो फिल्ममा नम्रता देखिने छिन्।

दुर्गिस फिल्म्सले नै डेब्यू गराएका संयम पुरी र अनमोल केसी, सलोन बस्नेत साथमा गौरव पहारी नम्रताँग सो चलचित्रमा हुनेछन्। प्रेमकथामा आधारित भनिएको फिल्ममा यी तन्नेरी हिरोसँग नम्रताको रोमान्स देख्न पाइने निर्माता सुनिल रावलले बताए ।

यसअघि मौनबाट चर्चामा रहेका सुरज भूषालले निर्देशन गर्ने सो चलचित्रको स्क्रिप्टको काम भइरहेको छ । फिल्मको नाम भने स्क्रिप्टको काम सकिएपछि मात्रै बताईने छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu