फ्राईडे रिलिज: ‘खुर्पा’



khurpa-release
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस अघि यो शुक्रबार अर्थात आज दुई चलचित्र जुध्ने निश्चित थियो, तर चलचित्र ‘च्याम्पियन’ सेन्सरमा उत्पन्न एक सामान्य समस्याका कारण प्रदर्शन नहुने भएपछि अर्को चलचित्र ‘खुर्पा’ लाई चिठ्ठा परेको छ ।

यो साता यही एउटा चलचित्रले एकल प्रदर्शनको अवसर पाएको छ । नारीप्रधान यो चलचित्रका निर्देशक किशोर सुब्बाले यसअघि नारीप्रधान चलचित्र ‘खुकुरी’को निर्देशन गरेका थिए ।

विराज आङदेम्वे, विशाल थेवे, पदम चोङवाङ यसका सह निर्माता रहेको चलचित्रमा सविन श्रेष्ठ, पुष्पा लिम्बु, रोशन श्रेष्ठ, सुष्मा अधिकारी, रविन्द्र खड्का, लक्ष्मी गिरी, सिमान्त उदास, पुष्प श्रेष्ठ, उपासना नेम्बाङ, हस्त लिवाङ, राजु घिमिरे, अप्सरा शेर्पा र युवराज लामाको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu