‘फेरी पनि’ निर्माण हुने



feri-pani
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र ‘फेरी पनि’ निर्माण हुने भएको छ । अष्ट्रेलिया, यूरोप र नेपालमा छायांकन हुने भनिएको यो चलचित्रलाई अराज केशबले निर्देशन गर्नेछन् भने चलचित्रमा कथा पनि उनकै छ ।

गायक समेत रहेका अराज केशवले यस अघि बिर्खेलाई चिन्छन् नामक चलचित्र निर्देशन गरेका थिए, जुन सफल भएको थियो । चलचित्र फेरी पनिमा संगीत हरी लम्साल, मोहित मुनाल र सुजन केसीको रहने छ भने चलचित्रको गीत भुपेन्द्र खड्का र सुरेश भट्टराईले लेखेका छन् ।

हाल चलचित्रका कलाकारहरुको खोजी भइरहेको जानकारी दिदैं निर्देशक अराज केशबले चाँडै चलचित्रका सम्पुर्ण कलाकारहरुको छनोट हुने बताए । रोमान्टिक लभस्टोरीमा निर्माण हुने चलचित्र फेरी पनिलाई दर्शकहरुको रोजाईको चलचित्र बनाउने निर्देशक केशवले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu