ठुलोपर्दा डटकम, काठमाण्डौ।
माघ २९ गतेबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘क्लासिक’ तेस्रो हप्तामा पनि सफलताका सात प्रदर्शन भईरहेको रहेको निर्माण पक्षलले दाबी गरे गरेको छ । चलचित्रका निर्माता सुबास गिरीले दिएको जानकारी अनुसार चलचित्रले तेस्रो हप्तामा पनि प्राय: हलहरुमा हाउसफुल बिजनेस रहेको छ ।
निर्माता गिरीले फेरी एकपटक सफल चलचित्रको ट्याग दिलाएकोमा सम्पुर्ण शुभचिन्तक तथा दर्शकहरुप्रति आभार व्यक्त गरेका छन् । सुवास इन्टरटेन्मेन्ट र आर्यन सिग्देल इन्टरटेन्मेन्टको ब्यानरले निर्माण गरेको चलचित्र ‘क्लासिक’मा आर्यन सिग्देल, नम्रता श्रेष्ठ, समुना केसी, रोमी घिमिरे, प्रज्वल गिरी, सुशिल काफ्ले, सुनिल रावल, शिशिर राना, सकुन्तला थापा, नमित चन्द, विश्व बस्नेत मुख्य भूमिकामा छन् ।
चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, डाक्टर कृष्णहरी बराल, दिनेश राउत र दयाराम पाण्डेको गीत, कोशिश क्षेत्री, यूवराज चौलागाई, मेलिना राइको स्वर समावेश छ । चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।