चलचित्र विकास बोर्डकी परिचारीका थापाको करेण्ट लागेर निधन



samjhana-thapa-deathठुलोपर्दा डटकम, काठमाण्डौ। चलचित्र विकास बोर्डमा कार्यालय सहयोगीका रुपमा विगत ६ वर्षदेखि कार्यरत सम्झना थापाको सोमबार करेण्ट लागेर निधन भएको छ। साँझ साढे छ बजेतिर चाबहिल कुमारीगालस्थित आफ्नै निवासमा असमायिक निधन भएको हो ।

थापा उनकी छोरीको जन्म दिन मनाउने क्रममा घरमै करेन्ट लागी निधन भएको परिवार स्रोतले जानकारी दिएको छ । थापालाई घटना पश्चात् नजिकैको ॐ हस्पिटलको आकस्मिक सेवामा लगिएकोमा केही क्षणमै अस्पताल प्रशासनले निधन भइसकेको जानकारी दिएको थियो । थापाको शव पोष्ट मार्टमका लागि त्रि.वि.वि. शिक्षण अस्पतालमा पठाइएको छ ।

थापाका श्रीमान् हरिकृष्ण थापा पनि चलचित्र विकास बोर्डमा हलुका सवारी चालकका रुपमा कार्यरत हुनुहुन्छ । उहाँको ८ वर्षको छोरा र १३ वर्षकी छोरी छन् । थापाको निधनले उहाँको परिवार र चलचित्र विकास बोर्ड परिवार शोकमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu