एक हप्तामा ‘रामप्यारी’को ट्रेलर ७० हजारले हेर्दा तिन दिनमा ‘नाईँ नभन्नू ल ४’ को लाख कट्यो



nai-nabhannu-la-4-and-raampyari
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र बजारमा अहिले सबैको आँखा चैत २६ मा छ । किनकी यो मितिमा राम्रा र दर्शकहरुको प्रतिक्षामा रहेका दुई नेपाली चलचित्र एकसाथ प्रदर्शनमा आउँदैछन् । नायिका रेखा थापाको लगानी र अभिनयमा तयार भएको चलचित्र ‘रामप्यारी’ र विकास आचार्यले निर्देशन गरेको चलचित्र ‘नाईँ नभन्नू ल ४’ चैत २६ का चलचित्र हुन् ।

यि चलचित्रको जुधाई राम्रै हुने नेपाली चलचित्रकर्मीहरुको अनुमान छ । रेखाको स्टारक्रेज र नाईँ नभन्नू लको ब्राण्डले नै यि दुई चलचित्रको लडाई राम्रै हुने लनुमान सजिलै लगाउन सकिन्छ । ‘नाईँ नभन्नू ल’को नाम नै एक ब्राण्ड भइसकेकाले रामप्यारीलाई राम्रै असर भने पक्का छ । कुरा गरौं यि दुई चलचित्रको ट्रेलरको विषयमा । रेखाले चलचित्र रामप्यारीको ट्रेलर आजभन्दा एकहप्ता अगाडी सार्वजनिक गरेकी हुन्, महाशिवरात्रीको अवसर पारेर । रेखाले ट्रेलरमा एक्शन पक्षलाई विशेष उठाएकी छिन् भने ट्रेलरमा रेखाको नै वर्चश्व रहेको छ । रेखाले विशेषत एक्शन मनपराउने दर्शकका लागि ट्रेलर सार्वजनिक गरेकी हुन् ।

हामीले समाचार तयार गर्दासम्म रामप्यारीको ट्रेलर हेर्नेको संख्या ७० हजार नाघेको छन् । रेखाको स्टार क्रेजलाई हेर्ने हो भने ट्रेलर हेर्नेको संख्या निकै कम हो तर चलचित्र प्रदर्शनमा आउँदासम्म सार्वजनिक ट्रेलर हेर्नेको संख्या २ लाखसम्म पुग्न सक्ने अनुमान छ । त्यस्तै यहिँ चलचित्रसँग प्रदर्शनमा आउन लागेको चलचित्र नाईँ नभन्नू ल ४ को ट्रेलर भने सार्वजनिक गरेको तIन दिनमा नै १ लाख बढिले हेरिसकेका छन् । यो संख्या निकै राम्रो हो । यहि अनुपातमा दर्शकहरुले ट्रेलर हेर्दे गए चलचित्र प्रदर्शनमा आउँदासम्म नाईँ नभन्नू ल ४ को ट्रेलर हेर्नेको संख्या १० लाख कट्न सक्छ ।

यो चलचित्रको ट्रेलर मात्र नभई सार्वजनिक भएका प्रत्येक गीतहरु ३ लाख भन्दा बढि पटक हेरिसकिएको छ तर रेखाको चलचित्र रामप्यारीको सार्वजनिक एक गीतले मात्र लाख काटेको छ । चलचित्र नाईँ नभन्नू ल ४ मा पल शाह, बर्षा राउत, आँचल शर्मा, अनुभव रेग्मी, प्रियंका कार्की लगायतका कलाकारहरुको अभिनय गरेको छ भने रामप्यारीमा आभाष अधिकारी, रेखा थापा, आश्मा डिसी, सविन श्रेष्ठ लगायतका कलाकारहरुको मुख्य भुमिका रहेको छ ।

हेर्नुहोस् ‘नाईँ नभन्नू ल’को ट्रेलर:

हेर्नुहोस् ‘रामप्यारी’को ट्रेलर

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu