२९ दिनमै सकियो मुनालको ‘इच्छा’



deepshika-shahiठुलोपर्दा डटकम, काठमाण्डौ। निर्माता बाट निर्देशक बनेका मुनाल घिमिरेको चलचित्र ‘इच्छा’को छायांकन पुरा भएको छ। २९ दिनमा दाङ्, भैरहवा, काठमाण्डौ, धुलिखेल लगाएतका स्थानमा छायांकन गरि मंगलवार प्याकअप भएको हो। रिलिज मिती नतोकिएको सो चलचित्र ‘कमेडी लभ स्टोरी’ हो।

दयाहाङ् राई, सुवास थापा, दिपशिखा शाहि, ओम प्रतिक, देशभक्त खनाल, श्याम राई लगाएतका कलाकारहरुको अभिनय रहेको सो चलचित्रलाई परिवारसँगै बसेर हेर्न सकिने बनाएको निर्देशक घिमिरेले ठुलोपर्दा डटकमलाई बताए। युवा पिँडी लक्षित ‘इच्छा’मा बिवाह करकापमा होईन स्वेच्छामा हुनुपर्छ भन्ने कुरा देखाउन खोजिएको बताईएको छ।

गंभिर बिष्टको नृत्य, रोशन श्रेष्ठको द्वन्द्व तथा प्रकाश घिमिरेको लेखन रहेको ‘इच्छा’मा रोम ओली, नविन श्रेष्ठ, र लक्ष्मण पौडेलको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu