विराजसँग लड्ने भयो छवि ओझाको ‘किस्मत २’



biraj-bhatta-and-chhabi
ठुलोपर्दा डटकम, काठमाण्डौ।
यस बर्षको चैत २६ गते प्रदर्शन हुने भनेर निकै चर्चामा रहेको चलचित्र ‘किस्मत २’ अन्तत अर्को बर्ष प्रदर्शन हुने भएको छ । यसअघि चैत्र २६ मा रिलिज हुने हल्लाकाबीच चलचित्र रेखाले छबिलाई फकाएर रिलिज सार्न लगाएको चर्चाले गसिप बजार तातेको थियो ।

ज्योतिषका कारण चैत २६ गते ‘किस्मत २’ प्रदर्शन नगरेको बताउने छवि आझोले अब यो चलचित्र साउन २८ गते प्रदर्शन गर्ने भएका छन् । बितरक गोपालकाजी कायस्थले सामाजिक सञ्जाल मार्फत चलचित्रको रिलिज मिति सार्वजनिक गरेका हुन् । ‘किस्मत २’ लाई काठमाडौंमा कायस्थले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनिले वितरण गर्नेछ ।

सञ्चारकर्मी सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा शिल्पा पोखरेल र किशोर खतिवडा मुख्य भूमिका रहेको छ । चलचित्रमा सन्तोष पन्त, सपना श्रेष्ठ, रस्मि भट्ट आदि कलाकराले पनि अभिनय गरेका छन् । किरण खरेलको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यो चलचित्रका छायांकार मदन कास्यप घिमिरे हुन् ।

तीनजना नृत्य निर्देशकहरु कविराज गहतराज, रामजी लामिछाने तथा कमल राईले चलचित्रका गीतहरुको कोरियोग्राफी गरेका छन् । खबरका अनुसार यो चलचित्रसँग विराज भट्टको कमब्याक चलचित्र ‘पर्शुराम’ पनि प्रदर्शनमा आउँदैछ । यहि मितिमा प्रदर्शन गर्न चलचित्रका निर्देशक रोज राणा अहिले चलचित्रको छायांकनमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu