ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘६ एकान ६’ र ‘वडा नम्बर ६’ निर्माण गरेको टिमले निर्माण गर्न लागेको चलचित्र ‘६क्का पञ्जा’को छायाँकन सोमबारबाट सुरु भएको छ । चलचित्रको अधिकांश सुटिङ पनौती, खोपासीमा हुनेछ । यस्तै नेपालथोक र भक्तपुरमा पनि केहि सुटिङ हुने हुनेछ ।
‘६ एकान ६’ र ‘वडा नम्बर ६’ बनाएको पुरानै टोलीले छक्का पञ्जा बनाउन लागेको हो । पहिलो पटक दीपाश्री निरौंलाले निर्देशन गर्न लागेको यो चलचित्रमा दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल, किरण केसी, प्रियका कार्की, बुद्धि तमाङ्ग लगायतका कलाकारहरुको अभिनय रहनेछ ।
यस अघि ‘वडा नम्बर ६’ को गीत ‘सुर्केथैली’ गाएका राजनराज शिवाकोटीले नै ६क्का पञ्जाका लागि गीत गरेका छन् । यस चलचित्रका लागि अहिलेसम्म दुई वटा गीत फाइनल भईसकेको छ । अर्को गीत दीपक शर्माले गर्नेछन् । त्यस्तै चलचित्र ‘६क्का पञ्जा’को छायाँकन सुरु हुनुभन्दा अगाडी नै महँगोमा बिक्री भएको छ ।
खबरका अनुसार हाईलाईट्स नेपालले चलचित्र फ्लोरमा जानु पुर्व नै मोटो रकममा चलचित्रको ओभरसिज प्रदर्शन राईट्स तथा भिसिडी र युट्युव राईट्स किनेको हो । चलचित्र टिमले यो विषयमा कुनै पनि जानकारी नदिएपनि हाईलाईट्सले ६क्का पञ्जा ४० लाख बढि रकममा लिएको बताइएको छ ।