‘राहदानी’ हेरेर ‘मिथिलायन ग्यालरी’ मा ३५ थान चित्रहरु



mithilayan
ठुलोपर्दा डटकम, काठमाण्डौ।
काठमाडौंको ठमेल स्थित ‘मिथिलायन ग्यालरी’ सोमबारबाट यही १२ चैतबाट देशभरी प्रदर्शनीमा आउने यो चलचित्र ‘राहदानी’ हेरेर ३५ जना कलाकारले तयार पारेका ३५ थान चित्रहरु सो ग्यालरीमा सोमबारबाट प्रदर्शनीका लागि राखिएको छ । सोमबार बिहान चलचित्र विकाश बोर्डका अध्यक्ष राजकुमार राईले सो प्रदर्शनीको उद्घाटन गरेका थिए ।

राहदानीका निर्माता लक्ष्मीप्रसाद ढकालले यो चलचित्र शुक्रबारबाट मुलुकका ६ दर्जन भन्दा बढी सिनेमा हलबाट आउने जानकारी गराए । यसका निर्देशक डब्बु क्षत्रीले यी चित्रकला बुधबारसम्म ठमेलको मिथिलायन ग्यालरीमा प्रदर्शनीका लागि रहने र त्यसपछि राजधानीका मल्टिप्लेक्स हलमा चलचित्रसँगै चित्रकला प्रदर्शनी गरिने जानकारी गराए । त्यसपछि यी चित्रको विक्री गरेर त्यसबाट उठेको रकम अनाथ बालबालिकाको पढाईमा खर्चिने पनि उनले बताए । प्रदर्शनीमा राखिएका चित्रहरुमा रादहानीका कलाकारहरु दयाहाङ राई, रुपा खनाल, सृजना सुब्बा, असोक रिजाल, नविन लम्साल, मोनिका दाहाल, विकाश जोशी, तेन्जिङ शेर्पाको विभिन्न भावलाई ‘पार्टेज’मा उतारिएको छ ।

चलचित्रका बियोगान्त र सँयोगान्तसँगै नेपाल र मलेशिया लगायतका बाह्य मुलुकको दृष्य र अबस्था पनि चित्रमा रहेको छ । प्रदर्शनीमा ३५ थान चित्रहरु राखिएका छन् । मिथिलायन ग्यालरीमा राखिइको चित्रहरु राधेश्याम मुल्मी, रमेश खनाल, नरेन्द्र बहादुर श्रेष्ठ, प्रदीप अधिकारी, भिम श्रेष्ठ, नर बहादुर बिके, एन बि गुरुङ, सुमन श्रेष्ठ, अजित शाह, लालकाजी लामा, राजन काफ्ले, नारदमणी हार्तमछाली, धनु याख्खा, बिनिता इजमले तयार गरेका हुन् ।

ग्यालरीमा हरिओम मेहता, सन्तोष राई, केशब खनाल, अनिता खनाल, राजेन्द्र कुँवर, राम ब। ठाडा, प्रितम थापा, देबेन्द्र थुम्केली, बिक्कु थापा, डी राम पाल्पाली, महेश आचार्यले तयार गरेका चित्रहरु पनि रहेको छ । यस्तै डिबी भण्डारी, श्यामसुन्दर यादब, मन गुरुङ, डि बराल, संजय बान्तवा, धोर्जे गुरुङ लामा र राहदानीका निर्देशक डब्बु क्षत्री समेतले तयार गरेको चलचित्रहरु प्रदर्शनीमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu