भारत र बंगलादेशको भिडन्तमा शाहरुखले कमेन्ट्री गर्ने



shaharukh
टि-ट्वान्टी विश्वकपको सेमिफाइनलका लागि हुने भारत र बंगलादेशको भिडन्तमा बलिउड अभिनेता शाहरुख खानले कमेन्ट्रीको भुमिका निर्वाह गर्ने भएका छन् । मुम्बई मिररले जनाए अनुसार २३ मार्चको साँझ हुने भारत-बंगलादेशबीचको खेलमा कमेन्टर बक्समा शाहरुख खान कपिल देव तथा पाकिस्तानका शोएब अख्तरसँग कमेन्ट्री गर्दै गरेको देखिनेछन् ।

भारतकै बेंगलुरुमा हुने खेलमा शाहरुखले भने मुम्बईको स्टुडियोबाट कमेन्ट्री गर्नेछन् । साथै उनले यही मौकामा आफ्नो आगमी चलचित्र ‘फ्यान’को पनि प्रोमोशन गर्नेछन् । चलचित्र फ्यानकै डबिङका कारण केही दिन अघि भएको भारत र पाकिस्तानबीचको खेल हेर्न नपाएका शाहरुखले भारतको फाइनल खेल भने मैदानमा नै सहभागी भएर हेर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu