भुवन केसीकी कान्छी बनिन् माला लिम्बु (भिडियो)



bhuwan-kc-mala-limbu
ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्रका चर्चित नायक भुवन केसीले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । भुवनले निर्देशक विधान कार्की र गायक सुजन तिमिल्सिनाको आग्रहमा हट नायिका माला लिम्बुसँग रोमान्स गरेका छन् । उनलाई म्युजिक भिडियोमा लिनकै लागि गायक सुजन तिमिल्सिनाले ठुलो रकम दिएको कुरा पनि यति बेला बजारमा निकै चलेको छ ।

नायक भुवन केसीलाई भिडियोमा अभिनय गराएर आफ्नो बाल्यकालको सपना पुरा भएको बताउँछन् गायक तिमिल्सिना । गायक सुजन तिमिल्सिनाकै संगीत समेत रहेको ‘हे कान्छी’ बोलको गीत र म्युजिक भिडियोमा भट्टीको कुरा प्रस्तुत गरिएको छ । भुपेन्द्र खड्काको शब्द रहेको यो गीतमा रुपम सिंह गुरुङको म्युजिक एरेन्ज रहेको छ भने यो गीतलाई राम्रो बनाउ ड्रिम्स स्टुडियोका प्रकाश केसीले निकै मेहेनत गरेका छन् ।

यो भिडियोमा रोमान्स गर्न मन पराउने भुवन केसीका अलावा नायिका माला लिम्बु, सुरेश पुडासैनी, संजीव पराजुली लगायतको अभिनय रहेको छ । हरि हुमागाईंको छायांकन निशान घिमिरेको सम्पादन रहेको यो भिडियोमा निर्देशक विधान कार्कीको निर्देशन रहेको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu