हङकङपछि बेलायतमा ‘वीर विक्रम’



bir-bikram-aus
ठुलोपर्दा डटकम।
मिलन चाम्स निर्देशन गरेको चलचित्र ‘वीर विक्रम’ अर्को साताबाट हङकङ र बेलायतमा प्रदर्शन हुने भएको छ । हङकङ र यूकेमा रेड कार्पेट प्रिमियर गर्ने तयारी भइरहेको निर्देशक चाम्सले बताए । यो चलचित्रको सन् २०१६ को मार्च २८ तारिखमा हङकङमा विशेष प्रिमियर समेत हुँदैछ ।

चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, विभेक लिम्बु, शिशिर राना र वसन्त भट्ट मुख्य भूमिकामा छन् । ‘वीर विक्रम’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो चलचित्रमा शिव प्रसाद राई, अनिला राई, पृथ्वी राई, वेनिशरा राई सह निर्माताको रुपमा छन् ।

‘हँसिया’ निर्देशकको यो चलचित्रलाई लभ, एक्सन र कमेडी जनराको भनिएको छ । ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी तथा सम्राट बस्नेतको एक्शन समावेश चलचित्रलाई राजकुमार केसीले खिचेका हुन् । चलचित्रको कथा यम थापाको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu