हङकङमा ‘वीर विक्रम’को प्रिमियर



bir-bikk
ठुलोपर्दा डटकम।
हङकङमा चलचित्र ‘वीर विक्रम’को भब्य प्रिमियर गरिएको छ । हङकङमा रहेको युएन लोङ थ्रिएटर हलमा भएको चलचित्रको प्रिमियरमा हङकङबासी नेपालीहरुको उल्लेख्य उपस्थिती रहेको थियो । प्रिमियरमा नेपालबाट चलचित्रका निर्देशक मिलन चाम्स, कलाकार दयाहाङ राई, अनुप विक्रम शाहीसँगै सञ्चारकर्मी नरेश भट्टराईले सहभागीता जनाएका थिए ।

चलचित्र हेरेपछि हङकङबासी नेपालीहरुले चलचित्र निकै रुचाएको निर्देशक चाम्सले बताए । चलचित्रमा दयाहाङ राई, अर्पण थापा, अनुप विक्रम शाही, दिया पुन, नाजिर हुसेन, विभेक लिम्बु, शिशिर राना र वसन्त भट्ट मुख्य भूमिकामा छन् । ‘वीर विक्रम’लाई मिलन चाम्सले निर्देशन गरेका हुन् । यो चलचित्रमा शिव प्रसाद राई, अनिला राई, पृथ्वी राई, वेनिशरा राई सह निर्माताको रुपमा छन् । ‘हँसिया’ निर्देशकको यो चलचित्रलाई लभ, एक्सन र कमेडी जनराको भनिएको छ ।

ताराप्रकाश लिम्बुको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी तथा सम्राट बस्नेतको एक्शन समावेश चलचित्रलाई राजकुमार केसीले खिचेका हुन् । चलचित्रको कथा यम थापाको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu