आर्यन र मरिष्काको हट किस दृश्य सहितको ‘रुक रुक’ सार्वजनिक (भिडियो)



ruk
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख ३१ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘के म तिम्रो होइन र’को अर्को गीत सार्वजनिक भएको छ । ‘रुक रुक’ बोलको उक्त गीतमा नायक आर्यन अधिकारी र नायिका मरिष्का पोखरेलको अभिनय छ ।

डा. कृष्णहरी बरालका शब्दमा बसन्त सापकोटाको संगीत रहेको गीतमा प्रह्लाद तिमिल्सिना र मिलन अमात्यको स्वर रहेको छ । सुरेश अधिकारीको लगानी रहेको यो चलचित्रमा गौरी मल्ल, मिथिला शर्मा, प्रज्वल सुजल गिरी, सुरेन बस्यााल, सविना गोपाली, आकाशबाबु खवास, रमेश अधिकारी, बिनोद केसीको पनि अभिनय छ ।

चलचित्रमा पटकथा तथा संवाद यम थापाको छ भने नवराजकृष्ण थापाले चलचित्र खिचेका हुन् । बसन्त सापकोटा र ताराप्रकाश लिम्बुको संगीत रहेको चलचित्रका अन्य गीतमा सुन्दर श्रेष्ठ र आकाश अधिकारीको शब्द छन् । चलचित्रमा उदितनारायण झा, अन्जु पन्त, राजेशपायल राई, प्रल्हाद तिमिल्सिना, मिलन अमात्य र दुर्गा दाहालको आवाज छ ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu