आमिर र सलमानको बाटोबाट पछि हटे शाहरुख



Aamir-srk-salman
शाहरुख खान स्टारर फिल्म ‘रईस’ इदमा रिलिज हुनेवाला थियो तर, सलमानको फिल्म ‘सुल्तान’ पनि सोहि मितिमा रिलिज हुने भएपछि शाहरुख पछि हटे । यतिबेला शाहरुखके ‘रईस’को रिलिज मिति अघि बढाएका छन् । उनले कुनै उपयुक्त मिति खोजिरहेका छन् । यद्यपी उनले फेस्टिवल या छुट्टीवाला मिति खोजिरहेका छन् । यस्तो मिति भेट्न सजिलो छैन ।

यसअघि शाहरुखले जुलाईको मितिका बारेमा सोचेका थिए तर, त्यो समयमा जोन अब्राहम र वरुण धवनको एक्शन फिल्म रिलिज हुँदैछ । उनले आफ्ना साथी करण जौहरलाई उनको फिल्म ‘‘ऐ दिल है मुश्किल’को मिति बदलेर ‘रईस’लाई दिवालीमा लगाउन आग्रह गरेका थिए, त्यो प्रयास पनि सफल भएन ।

एक खबरमा आमिर खानले आफ्नो फिल्म ‘दंगल’लाई क्रिसमसको सट्टा अर्को बर्षको जनवरीमा रिलिजको योजना बनाएका थिए । त्यसबेला शाहरुखले क्रिसमसमा ‘रईस’ रिलिज गर्ने सोच बनाए । तर आमिरले उक्त मिति परिवर्तन नगर्ने भएपछि अब शाहरुखसँग जनवरी २०१७ को मात्र विकल्प रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu