राजधानीमा ‘टिनेज’को मुहर्त



teenage-muhart
ठुलोपर्दा डटकम, काठमाण्डौ।
सोमबार राजधानीमा नेपाली चलचित्र ‘टिनेज’को मुहर्त गरिएको छ । दुई दशकदेखि चलचित्रको नृत्य बिधामा क्रियासिल दिनेश पाख्रिनको निर्देशनमा ‘टिनेज’ बन्दैछ ।

मुहर्त कार्यक्रममा चलचित्र बिकास वोर्डका अध्यक्ष राजकुमार राई प्रमुख अतिथी थिए । कार्यक्रममा बरिष्ठ चलचित्रकर्मी बसुन्धरा भुसालले क्ल्याप पड्काएकी थिइन् भने राष्ट्रिय आवास कम्पनीका महाप्रबन्धक डिबी गुरुङले मुर्हत सटको निर्देशन गरेका थिए । नरेश बिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का लगायतले मुर्हत सट दिएका थिए ।

स्व.बसन्तजंग रायमाझीको कथा, दिनेश पाख्रीनको पटकथा/निर्देशन रहने चलचित्र चिनिमाया वाइवा, देविका खड्का, कृष्ण कुरुवाङको लगानीमा निर्माण हुन लागेको हो । चलचित्रमा नरेश बिर सिंह, अञ्जली खड्गी, सरोज कुमार शाह, प्रतिक्षा खड्का, रविन्द्र खड्का, अर्जुन श्रेष्ठ, सरिता राजोपाध्याय, अजय खड्का, उदय सुब्बा, निर्मल लामालगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu