ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठ सात गते नेपालमा रिलिज हुने चलचित्र ‘बुद्द बर्न इन नेपाल’ले नेपालमा नै बुद्द जन्मेका हुन् भनेर चिनाउने यस चलचित्रका निर्माता तथा नायक रमित ढुंगानाले बताएका छन् ।
एक कुराकानीको क्रममा ढुंगानाले विदेशमा आउने जाने गर्दा-गर्दै श्रृजना भएको कथा रहेको बताए । उनले भने, ‘हामी नेपालीलाई मात्र थाहा छ को शान्तिका दुत गौतम वुद्दको जन्मस्थल नेपाल हो । विदेशीले भारतमा भनेर चिन्ने रहेछन् । त्यसकारण त्यो भ्रम चिर्नको लागि यो चलचित्र बनेको हो’ ।
उनि लामो समयपछि चलचित्रको पर्दामा देखिन् लागेका हुन् । रमितले यहि चलचित्र बनाउँदा-बनाउँदै लामो समय लागेको बताए ।
भिडियो हेर्नुहोस्: