पोखरामा काली उत्रियो, मधुमास बारे अन्योल



kaliअपिल त्रिपाठी, पोखरा। पोखराको बिन्दुबासीनी हलमा लागीरहेको रेखा थापाको फिल्म काली तिन सातामा करीब ९ लाख ग्रस कलेक्सन गर्दै आज बाट उत्रिएको छ । सो हलमा शुक्रबार बाट बिन्दास २ लाग्दैछ । पोखराको श्रीकृष्ण हलमा शुक्रबार बाट क्रिस २ लाग्ने छ ।

दर्शकको चाप लाई मध्यनजर गर्दै क्रिस लाई बाराहीमा पनी लगाउने तयारी हल सञ्चालकले गरीरहेको बुझिएको छ । तर पोखराको बाराहीमा गत साता देखी प्रर्दशनरत मधुमास भने शुक्रबार बाट लागीरहने की उत्रने बारे हलले केही बताएको छैन । म्यानेजर जीबन गुरुङ्ग भन्छन – “अहिले केही भन्न सकीदैन, भोली बिहान थाहा हुन्छ ।”

मधुमासको पोखरा यात्राको निर्धारण क्रिस ३ को ओपनिङ्गले गर्ने बुझिएको छ । एक सातामा मधुमासले पोखराबाट करीब २ लाख कलेक्सन गरेको बिबरण हल स्रोतले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu