‘क्रिस-३’ सँग ‘बिन्दास-२’, व्यावसायमा धक्का पुग्ला ?



अपिल त्रिपाठी, पोखरा। फ्राइडे रिलीज अन्तर्गत यो शुक्रबार नेपाली फिल्म बिन्दास २ सोलो रिलीज हुदैछ । सोलो रिलीज हुदैमा ठुलो ब्यबशायीक सफलता प्राप्त हुने अपेक्षा भने गर्न सकिदैन । कारण यही तिथीमा बहुप्रतिक्षीत बलिउड फिल्म क्रिस ३ रिलीज हुदैछ । अनि काली र मधुमासको होल्डओभर अझै केही हलहरुमा जारी छ ।

सेक्सुअल सिनेमा बनाइरहेका निर्देशक राजु गिरीले बिन्दास २, बिन्दास जस्तो नरहेको बताइरहेका छन । तर फिल्म पब्लीसिटीको क्रममा उनले फिल्मकी एक नायीका लाई नङ्ग्याउदा भने राजुको बयानको बिपरीत अनुमान गर्न सकिन्छ ।

व्यावसायिक हिसाबले सफल मानिएको बिन्दासको सिक्वेल बिन्दास २ लाई राजधानी बाहीर बितरक केदार पराजुलीले फिक्समा लिएको बुझिएको छ । यकिन रकम खुलाउन नचाहने पराजुलीले २० लाखको आसपासमा डिल फिक्स भएको सकेत गरेका छन ।

क्रिससँग बिन्दास जुधाउदा त फिल्मलाई गाह्रो होला नि ? भन्ने हाम्रो प्रश्नमा केदार भन्छन -“कुनलाई गाह्रो हुने क्रिस की बिन्दास ?” उनी थप्छन, “हेर्नुहोस, मैले चेन्नाइ एक्सप्रेस सग तिम्रो कसम जुधाउदा पनि तिम्रो कसमले राम्रै ब्यापार गरेको थियो” क्रिस र बिन्दासका दर्शक अलग अलग भएको उनको तर्क छ ।

केदारको तर्क जे जस्तो भएपनी क्रिस सगको प्रतिसपर्धा बिन्दास २ लाई पेचिलो पर्नेछ । अर्को तर्फ हिट हिरोको छबी बनाइरहेका नायक जीबन लुइटेलको करीयरमा पनी यो फिल्मको ब्यापारले महत्बपुर्ण अर्थ राख्नेछ । तिहार बिदाले भने फिल्म लाई राहत दिने अनुमान गर्न सकिन्छ । मधुकुमार श्रेष्ठको लगानी रहेको फिल्ममा जीबनको साथमा सुस्मा कार्की, शुसान्त कार्की लगाएतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu