रेष्टुरेण्टको रिबन काटे दीपकराजले



deepak raj giriठुलोपर्दा डटकम, काठमाण्डौ। चर्चित हास्य अभिनेता दीपकराज गिरीले सिनामंगल केएमसी हस्पिटल छेउ खुलेको द डेलिसियस फुडल्याण्डको उद्घाटन गरेका छन् ।

बरिष्ठ अभिनेता कृष्ण मल्लका छोरा राज मल्लले संचालन गरेको सो रेस्टुरेन्टको गिरीले बुधबार रिवन काटेर शुभारम्भ गरेका हुन् । करिब २५ लाख लगानीमा खुलेको रेस्टुरेन्टमा सबै प्रकारका स्वादिष्ट परिकार पाइने बताइन्छ ।

पूरै घर लिजमा लिएर खोलिएको रेस्टुरेन्टमा यथेष्ट पार्कीङको ब्यबस्था गरिएको छ । रेस्टुरेन्टमा कलाकार र पत्रकारलाई बिशेष डिस्काउण्टसमेत दिइने राजले घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu