शुसिलले राधे बनाउँदै, चलचित्रमा निखिल र अशिष्मा रहने



nikhil-and-ashishma
ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता शुसिल पोखरेलले ‘राधे’ नामक चलचित्र बनाउने भएका छन् । निखिल उप्रेती र अशिष्मा नकर्मीलाई लिएर उनले यो चलचित्र बनाउन लागेका हुन् ।

एक्सन र सोसल ड्रामा श्रेणीमा बन्ने यो चलचित्रलाई जगदिश्वर थापाले निर्देशन गर्नेछन् । चलचित्रमा प्रमोद अग्रहरी, शिशिर भण्डारी लगायतका कलाकारहरुको समेत अभिनय पक्का भईसकेको छ । निर्माता पोखरेलका अनुसार फागुन १३ गते चलचित्र रिलिज हुनेछ । चलचित्रको छायांकन असारबाट सुरु हुनेछ ।

चलचित्रमा अर्जुन पोख्रेलको संगीत, हिमाल केसीको एक्सन, कृण्ण श्रेष्ठको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu