पोष्टमार्टम गर्ने मानिसको कथामा भूईँमान्छे बन्दै



ramesh-budhathoki-and-sipora-gurung
ठुलोपर्दा डटकम, काठमाण्डौ।
दैनिक लाससँग खेल्ने मानिसको मनोविज्ञानमा आधआरित रहि निर्माण हुन लागेको नेपाली चलचित्र ‘भूईँमान्छे’को शुभसाइत गरिएको छ । रमेश बुढाथोकी, सिपोरा गुरुङ, सानु ताम्राकार, सम्राट सापकोटा, प्रविन खतिवडा लगायतका कलाकारको अभिनय रहने यो चलचित्रमा अस्पतालको पोष्टमार्टम वार्डमा काम गर्ने मानिसको कथा रहनेछ ।

जेठ १० गतेबाट छायांकन सुरु हुने यो चलचित्रमा नवराज वुढाथोकीको कथा, पटकथा, संवाद र निर्देशन रहने छ । शैलि इन्टरटेनमेण्ट एण्ड मुभिजको ब्यानरमा बन्ने यो चलचित्रका कार्यकारी निर्माता रोहिणी भट्टराई हुन् भने हरि यादव र तिर्थ बोहोरा निर्माता हुन् । देवेन्द्र राइको संगीत, विदुर पाण्डेको छायांकन, अष्ट महर्जनको एक्सन, कविराज गहतराजको नृत्य निर्देशन रहने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu