माला बनिन् नक्कली नानी (भिडियो)



mala-limbu-nakkali-nani
चलचित्र ‘वान वे’ मा अभिनय गर्दै नायिकाको रुपमा डेब्यू गरेकी माला लिम्बु पछिल्लो समय म्युजिक भिडियोतर्फ आकषिर्त भएकी छिन् । उनि यसपटक गायक राजेश लामाको नयाँ गीतमा ‘नक्कली नानी’ को भूमिकामा प्रस्तुत भएकी छिन् ।

निकेश खड्काले निर्देशन गरेको यो भिडियोमा नायिका लिम्बु तथा गायक लामालाई बि-बोइङ गर्ने समुह ‘एनएचएफ क्रिउ’ का ५ जना कलाकारहरुले साथ दिएका छन् । भिडियोमा गायक लामाले पनि अभिनय गरेका छन् । अमृत सुनुवारद्वारा छायांकन गरिएको यो भिडियोका सम्पादक जिवन थापा हुन् ।

‘नक्कली नानी’ कल्याण सिंहको संगीत तथा यमन सुवेदीको शब्दमा तयार भएको हो ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu