नेहा भन्छिन्, ‘चान्स पाए डान्स’ गर्छु



neha-acharya-2विकाश लामिछाने, कैलाली। उदयपुरमा जन्मियर काठमाण्डौलाई कर्मथलो बनाएकी नेहा आचार्यलाई चलचित्रको भुत चढेको छ। हेर्दा सुन्दर यि पश्चिमेलीले राजधानीलाई चिनिसकेकी छिन्। नायिका बन्ने सानैदेखीको सपनालाई उनले यथार्थमा बदल्न चाहन्छिन्।

नेहाले हालसम्ममा पाँचवटा म्यूजिक भिडियो र ड्रिम्स नामक लघु चलचित्रमा आफ्नो अभिनय कला झल्काईसकेकी छिन्। अवसर पाए ठुला पर्दामा आफुलाई अब्बल ठहराउन सफल हुनेमा उनि विश्वस्त छिन्। भन्छिन्, “मेरो सपना पुरा हुन बाँकी नै छ। म्यूजिक भिडियोको अनुभवबाट अझै उत्साहित र लगनशिल भएकी छु, ‘चान्स पाए डान्स’ कुनै अप्ठेरो छैन”।

२१ बर्षिया यि ठिटी पर्याप्त कला बिना जबरजस्ती नायिका बनेर फुर्ती गर्नेहरुको बिपक्षमा छिन्। “त्यस्ता नायिकाले चलचित्रलाई नै बद्नाम गरिरहेका छन्, म त्यो चाहन्न।”

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu