दश बर्षको मेहनतले अवार्ड पाएको हुँ: गजित



अवार्ड समारोहमा गजित ।

काठमाडौँ।
बेला बखत आयोजना हुने गरेका नेपाली चलचित्रका अवार्डहरुमा पाएको अवार्ड कसैको लागि अहोभाग्य हुन्छ, जसमा करियर मोडिन्छ। अस्वभाविक रुपमा छिट्टै पाएको अवार्ड भन्दा बर्षौँ पछिको प्रतिक्षामा हात परेको त्यो अवार्ड एक सुनौलो अनुभुति हुन आउँछ।

नायक गजित बिष्ट त्यस्तै एक नायक हुन जसले अवार्ड सामु हात पुर्याउन दश बर्ष संघर्ष गर्नुपर्यो। गजितले भर्खरै सम्पन्न एचटिभी फिल्मीखबर डिजिटल सिनेमा अवार्डमा उत्कृष्ट नव-नायकको अवार्ड हात पार्न सफल भएका छन्। उनले चलचित्र ‘मायाज् बार’बाट सो अवार्ड पाएका हुन्। “तपाइँ आँफै सोच्नुस् न यो अवार्ड मेरो लागि कति महत्वपूर्ण होला” ठुलोपर्दा डटकमसँग गजितले भने, “दश बर्ष सम्मको कडा मेहनतको फल आज आएर पाएको छु”।

त्यसो त गजित नृत्यमा पनि अब्बल ठानिन्छन्। उनका प्राय: प्रस्तुतीहरु फरक हुने गर्छन्। यसपाली डिजिटल अवार्डमा पनि उनले फरकपन दिने कोशिस गरे। आफुलाई महिला पात्र बनाएर उनले नृत्य गरेका थिए। यसै बिषयमा उनि भन्छन्, “मैले जहिले पनि स्टेजमा केहि नयाँ गर्ने कोशिस गरेको हुन्छु। कतिको सफल छ त्यो त आफैलाई थाहा हुने कुरा भएन तर जहिले पनि नयाँ प्रस्तुती दिने कोशिस अवश्य गर्नेछु।

उत्कृष्ट नव-नायकसँगै ‘मायाज् बार’बाट जुरी अवार्ड (निर्देशक) दिनेश डीसी, जुरी अवार्ड (नायिका) निशा अधिकारी, उत्कृष्ट सहअभिनेत्री करिश्मा मानन्धर, उत्कृष्ट छायांकार पुरुषोत्तम प्रधान र उत्कृष्ट पाश्र्व संगीत एलिस कार्कीले अवार्ड पाएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu