नारीको सम्मानमा राजेश हमालले बनाए नारीको रुप (भिडियो)



shakuntala-teaser

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भाद्र १० गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘शकुन्तला’को टिजर सार्वजनिक भएको छ । टिजरमा राजेश हमालका केहि संवाद सहित महिलाको अवतारमा एक्शन देखाईएको छ ।

एक संवादमा हमालले आफ्नो रुप सम्पूर्ण नारीको सम्मान भएको सुन्न सकिन्छ । दिनेश श्रेष्ठ निर्देशित यो चलचित्रमा राजेश हमाल, अनु शाह, किशोर खतिवडा, सुवर्ण स्मृति श्रेष्ठ, रवि गिरी, प्रदिप कुमार उदय, प्रदिप ढकाल, शिवन श्रेष्ठको लगायतको अभिनय रहेको छ ।

सस्पेन्स कथाबस्तु भएको यो चलचित्र श्रीपसन खत्रीको प्रस्तुतीमा तयार भएको हो । यस चलचित्रमा अर्जुन पोख्रेलको संगीत, अष्ट महर्जनको एक्सन, माइकल चन्दको नृत्य निर्देशन रहेको छ ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu