द्वारिका उदय चलचित्र पत्रकारिता पुरस्कारको स्थापना



ठुलोपर्दा डटकम, काठमाण्डौ।
द्वारिका उदय चलचित्र पत्रकारिता पुरस्कारको स्थापना गरिएको छ । नेपाली चलचित्रका बितरक प्रदिप कुमार उदयले आफ्नो अध्यक्षतामा स्थापना गरेको द्वारीका उदय प्रतिष्ठानले द्वारिका उदय समाजसेवी पुरस्कार र द्वारिका चलचित्र पत्रकारिता पुरस्कारको स्थापना गरेको हो ।

प्रदिपले आफ्ना पिता द्वारीका प्रसाद उदयको नामबाट प्रतिस्ठान स्थापना गरेका हुन् । एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदिपले भनेका छन्, ‘वुवा द्वारीका प्रसाद उदय समाजसेवा र चलचित्र क्षेत्रमा समर्पित व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । सदैव सेवाभावमा तल्लिन वुवा नै मेरो प्रेरणाको श्रोत पनि हो । तसर्थ उहाँको प्रेरणाबाट निस्केको निष्कर्षका रुपमा द्वारीका उदय प्रतिष्ठान स्थापना गरिएको छ’ ।

पुरस्कारको लागी रु. पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ । यी पुरस्कार हरेक वर्ष एक समारोहको बीच वुटवललाई कर्मभूमि वनाइ निरन्तर आफ्नो क्षेत्रमा योगदान दिने एक-एक जना व्यक्तित्वलाई प्रदान गरिने बताईएको छ । द्वारिका उदय समाजसेवी पुरस्कार रु. ३३,३३३।- र द्वारिका उदय चलचित्र पत्रकारिता पुरस्कार रु. २२,२२२।- धनराशीको रहने छ ।

यसै गरि द्वारिका उदय प्रतिष्ठानले हरेक वर्ष वुटवलमा नेपाली फिल्म अवार्ड गर्ने समेत निर्णय गरेको छ । अवार्डमा २१ विधा सहित एउटा लाईफ टाइम अचिभमेण्ट अवार्ड समेत गरी २२ वटा पुरस्कार एक भव्य समारोह विच प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu