यसकारण सलोनले चलचित्रमा हँसाउछन्



Salon-basnet-hajalu

ठुलोपर्दा डटकम, काठमाण्डौ।
झण्डै आधा दर्जन चलचित्रका अभिनेता सलोन बस्नेत अभिनित चलचित्र ‘गाजलु’ यहि जेठ २८ गते रिलिज हुँदैछ । युवास्टार अनमोल केसी र पूर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको अभिनयले यो चलचित्र निकै प्रतिक्षित छ । ‘गाजलु’मा अनमोलसँगै चलचित्रको यात्रा तय गरेका सलोन बस्नेत र गौरव पहारी पनि अभिनयमा छन् ।

चलचित्रका बारेमा कुराकानी गर्दै अभिनेता सलोनले ‘गाजलु’मा आफ्नो पात्र कुरा नबुझ्ने खालको केटोको भएको बताएका छन् । उनले चलचित्रमा आफुलाई साथीहरुले सँधै मजाक बनाउने बताएका छन् ।

सानो उमेरमा नै चलचित्रबारे राम्रो अनुभव बटुलेका सलोनले प्राय: चलचित्रमा कमेडी गरिरहेका भेटिन्छन् । उनले किन सँधै हाँस्यपरक भूमिका निभाउँछन् त ? उनले यसबारेमा भने, ‘चलचित्र भनेको मनोरञ्जन हो । दर्शक हलसम्म आउनु भनेको केहि समय भएपनि रमाईलोको लागि हो । चलचित्र हेरेर घर फर्किँदा खुशीसाथ जान सकुन् भन्ने उद्देश्य हुन्छ । मैले हाँस्यपरक भूमिका निर्वाह गर्दा मैले दर्शकलाई मनोरञ्जन दिलाएको छु भन्ने लाग्छ । दर्शकले मलाई धेरै समयसम्म बिर्सन सक्नुहुन्न । अरुसँग पनि मेरो चर्चा गर्नुहुन्छ’ ।

उनको सोलो अभिनय रहेका चलचित्र खासै नचलेपनि को-एक्टर भएका चलचित्र भने हिट छन् । उनले आफ्नो सेलेक्शनको कमजोरीका कारण यसो भएको बताए । उनले बने, ‘मैले नबुझी धेरै फिल्ममा अभिनय गरेँ । तर मेरो काम चाहिँ धेरैले मन पराउनुभयो तर चलचित्र चलेनन्’ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu