जूही चावला विरुद्द ठगी मुद्दा



Juhi-chawala

बलीउड अभिनेत्री जूही चावला र उनका पति जय मेहता विरुद्द भारतको राँचीमा धोखादारीको उजुरी परेको छ । यो मुद्दा एक प्राईभेट कम्पनीको फ्रेन्चाईज दिने नाममा आठ लाख रुपैयाँ ठगेको आरोपमा हो ।

यो मुद्दामा कुल सात जना विरुद्द राँचीको लालपुर उजुरी छ । विद्यालयमा शैक्षिक कार्यक्रम तयार गर्ने कम्पनी ‘आइक्यू लोजिक इंडिया’का सञ्चालक जयेश सिन्हाले उजुरी दिएका हुन् । सिन्हाका अनुसार मुम्बईको कम्पनी उबकुल फ्यूटेकले स्कूलमा डिजिटल एजुकेशनको लागि २०१३ मा फ्रेन्चाईज दिने कुरा पक्का भएको थियो ।

जूही चावलाका पति जय मेहता यस कम्पनीका फाउण्डर हुन् । जुहि यस कम्पनीकी ब्रान्ड एम्बेसडर हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu