‘मरिना’को ‘प्रियशी’ गाउनुहोस्, चलचित्रमा गाउने अवसर पाउनुहोस्



Priyashiii

ठुलोपर्दा डटकम, काठमाण्डौ।
मिजल पिक्चर्सको ब्यानरमा बन्ने नेपाली चलचित्र ‘मरिना’मा नयाँ प्रतिभालाई अवसर दिने गरि एक अवधारणा सार्वजनिक गरिएको छ । एक भिडियो सामग्री सार्वजनिक गर्दै ब्यानरले राजन तिमिल्सीना र आकांक्षा बस्यालले गाएको ‘प्रियशी’ बोलको गीतको कभर गीत बनाई यूट्युबमा अपलोड गर्नुपर्ने जनाएको छ ।

जसको गीत सर्वोत्कृष्ट हुन्छ उसैको आवाजमा गीत रेकर्ड बनाई चलचित्रमा गाउने अवसर दिईने चलचित्रका प्रस्तुतकर्ता श्याम अर्यालले बताए । अर्को महिनाबाट छायांकनमा जाने यो चलचित्रलाई अनुप गिरीले निर्देशन गर्नेछन् । चलचित्रमा आर्यन सिग्देल, गौरव पहाडी, वर्षा राउत, पारस थापा, प्रतिष्ठा पौडेल लगायतको अभिनय रहने छ ।

‘मरिना’मा अर्जुन पोखरेल, राजन तिमल्सिना, सन्देश सुवेदीको संगीत रहनेछ भने निर्माता रतन थापा हुन् ।

भिडियो सामग्री हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu