अनमोल सबैभन्दा महंगा नायक, २० लाखमा ‘कृ’ हस्ताक्षर (भिडियो)



Anmol-lai-20-lakhs
ठुलोपर्दा डटकम, काठमाण्डौ ।
नायक अनमोल केसी नेपालका सबैभन्दा महंगा नायक बनेका छन् । आईतवार उनले सुवास इन्टरटेनमेन्ट र सुपर काजोल फिल्मसले बनाउने चलचित्र ‘कृ’को लागि बीस लाखमा हस्ताक्षर गर्दै नेपाली चलचित्रको इतिहासमा नै महंगो पारिश्रमिक लिने नायक बनेका हुन् ।

सुवास इन्टरटेनमेन्टको कार्यालय बिजुली बजारमा आयोजित जमघटमा यो सम्झौता भएको थियो । चलचित्र सम्पादक तथा निर्देशक सुरेन्द्र पौडेलले चलचित्र ‘कृ’को निर्देशन गर्नेछन् । यो चलचित्रमा अनमोलको मूख्य भूमिका रहनेछ । ‘कृ’को पटकथा सुरेन्द्र पौडेल र आशिष रेग्मीले लेखेका छन् । लण्डनमा छायांकन हुने यो चलचित्रको लगानी करिव डेढ करोडको हुनेछ ।

यो चलचित्रमा सुवास इन्टरटेनमेन्टको तर्फबाट सुवास गिरी र सुपर काजोल फिल्मसबाट भुवन केसीले लगानी गर्नेछन् भने श्री पराजुली सह-निर्माता तथा कमल गिरी कार्यकारी निर्माता रहनेछन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu