पोखरामा ‘लुकामारी’ प्रिमियर, आजबाट देशभर रिलीज



Lukamari-premier-pokhara

ठुलोपर्दा डटकम।
यसै साता प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लुकामारी’को पोखरामा प्रिमियर गरिएको छ । प्रिमियर राजधानीमा मात्र हुँदै आएकोमा ‘लुकामारी’ले उक्त परम्परा तोड्दै पोखरामा प्रिमियर गरिएको हो । दुई दिन पहिले भएको प्रिमियरमा चलचित्रका सबै कलाकार उपस्थित थिए ।

Surbina-karki-lukamari

सुरजमान सिंह भण्डारीको निर्माणमा श्रीराम दाहाल निर्देशित यस चलचित्रमा सौगात मल्ल, कर्मा शाक्य, रिश्ता बस्नेत, सुरविना कार्की लगायतका कलाकारको अभिनय रहेको छ । काठमाण्डौबाट गएका कलाकार, पत्रकारको टोली प्रिमियरमा सहभागी भए । यस्तै, पोखराका केहि कलाकार र पत्रकार पनि भव्य रेड कार्पेट शोमा उपस्थित थिए ।

‘लुकामारी’ यसै साता देशव्यापी रिलीज भएको छ । यो सँगै अर्को नेपाली चलचित्र ‘रिलेशन’ पनि रिलीज भएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu