‘ड्राइभर दाई’को पोस्टर सार्वजनिक



driver-dai-poster

ठुलोपर्दा डटकम, काठमाण्डौ।
सवारी चालकको संघर्षलाई प्रस्तुत गरिएको नेपाली चलचित्र ‘ड्राइभर दाई’को पोस्टर सार्वजनिक भएको छ । बिजी फिल्मस् प्रा.लि.को व्यानरमा बीएस बलामी प्रस्तुतकर्ता तथा निर्देशक रहेको फिल्मको पोस्टरमा मूख्य कलाकारलाई राखिएको छ ।

निर्देशकले यो चलचित्रले ड्राइभर पेशाको परिभाषालाई बदल्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘धेरैजनाले गाडीको ड्राइभर भनेर उनीहरुलाई हेय भावले हेर्ने गर्दछन्, तर ड्राइभर पनि राम्रो र सभ्य किसिमको काम गर्ने मानिस हो भन्ने कुरा फिल्ममा देखाउन खोजेका छौं । दर्शकले फिल्ममा ड्राइभरको संघर्षसागै उसको प्रेम र एक्सनलाई पनि हेर्न पाउनेछन्’ ।

यो चलचित्र आगामी भाद्र ३१ गतेबाट अल नेपाल रिलिज हुनेछ । चलचित्रमा किशोर खतिवडा, सिमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतमलगायतका कलाकारको अभिनय रहेको छ ।

राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माता रहेको फिल्ममा गेहेन्द्र बज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह-निर्माता छन् । फिल्ममा निर्देशक बलामीकै कथा, टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य, श्री श्रेष्ठको द्वन्द्व, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu