जब केपिले दौरा-सुरुवाल ढाका टोपीमा सजिएका अनमोलको प्रशंसा गरे … (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
प्रधानमन्त्री केपि ओली चलचित्रका कार्यक्रममा कमै मात्रामा पुग्छन् । उनि चलचित्रमा रुचि भएका राजनीतिज्ञ हुन् तर पनि देश चलाउने प्रमुख व्यक्ति भएका कारण उनले चाहेर पनि सबै कार्यक्रममा पुग्न भ्याउँदैनन् ।

शनिवार आयोजित ‘फान अवार्ड २०७२’ मा भने उनि प्रमुख अतिथी बनेर पुगेका थिए । उनले विजेता तथा सम्मानितलाई बधाई र शूभकामना दिए । मन्तव्यका क्रममा उनले आफुले पुराना चलचित्रहरु हेरेको बताए । फुर्सद भए अहिले पनि हेर्ने बताए ।

यसै क्रममा उनले युवास्टार नायक अनमोल केसीको खुलेर प्रशंसा गरे । उनले अनमोल युवापुस्तामा लोकप्रिय रहेको बताए । ओलीले अनमोलले छोटो समयमा पाएको सफलताबाट खुशी रहेको बताए । साथै उनले राजेश हमाल र रेखा थापाको पनि चर्चा गरे ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu