पौष २६ मा तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सैका कलाकार हलमा आउँदै



6-ekaan-6ठुलोपर्दा डटकम, काठमाण्डौ। पौष २६ गते तितो सत्य, जिरे खुर्सानी र मेरी बास्सैका कलाकार नयाँ अवतारमा हलमा आउँदै छन्। हाँसो र मनोरन्जनको नयाँ डोज चलचित्र ‘६ एकान ६’ मा चर्चित हाँस्य टेलिश्रृंखलाका मुख्य कलाकारहरुको अभिनय रहेको छ।

दिपक राज गिरी, जितु नेपाल(मुन्द्रे), शिवहरी पौडेल(मुखाँ हान्नु जस्तो), केदार घिमिरे(माग्नेबुढा), सिताराम कट्टेल(धुर्मुस), सन्दिप क्षेत्री लगाएतका हाँस्य कलाकारहरुको अभिनय सो चलचित्रमा रहेको छ। चर्चित आरजे, भिजे तथा कलाकार दिनेश डिसीको निर्देशनमा तयार ‘६ एकान ६’मा नायक राजबल्लभ कोईराला, निर शाह र गजित बिष्टको बिशेष भुमिका रहेको छ। छ जना हिरोकी एउटी हिरोईन बनेर निता ढुंगानाले अभिनय गरेकी छिन्।

कमेडी एक्शन चलचित्र ‘६ एकान ६’मा  शम्भुजित बास्कोटाको संगीत, एनबी महर्जनको द्वन्द्व, गम्भिर बिष्टको नृत्य, पुरुषोत्तम प्रधानको क्यामेरा रहेको छ। दिपक राज गिरीको कथामा बनेको सो चलचित्रमा बरिष्ठ हाँस्य कलाकार हरिवंश आचार्यले निर्देशक डिसीसँगै शिर्ष गीत गाएका छन्।

काठमाण्डौ र धुलिखेलमा छायांकन भएको ‘६ एकान ६’को अहिले अन्तिम सम्पादन भईरहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu